ओली कुर्सी जोगाउन देशकै अस्मिताविपरीत साँठगाँठ गर्दै छन्– भीम रावल

काठमाडौँ । नेकपा एमालेको उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता र कुर्सी जोगाउनका लागि देशकै अस्मिताविपरीत साँठगाँठ गरेको आरोप लगाएका छन्। 

उनले ट्वीटरमार्फत नेपालको अस्मितासँग गाँसिएको नागरिकतालगायतका दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्नमा ओली तल्लीन रहेको आरोप लगाएका हुन्। उनले सबै देशभक्त नेपालीहरु ओलीको कदमविरुद्घ सचेत हुनुपर्ने बताएका छन्। 

प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकतालगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ। देशभक्त नेपाली सजग होअ‍ौँ!’।

उनले लेखेको छन्, ‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकतालगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ। देशभक्त नेपाली सजग होअ‍ौँ!’

ओलीले आफ्नो सत्ता जोगाउनका लागि जनता समाजवादी पार्टी जसपासँग विभिन्न मुद्‍दामा मुछिएका व्यक्तिहरुको रिहा, संविधान संशोधनलगायतको विषयमा सहमतिको प्रयास थालेपछि नेता रावलले आक्रोश पोखेका छन्। 

यस्तै, नेता रावलले मंगलबार साँझ दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेको बेलामा ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न भएको लेखेका छन्। 

सत्ता र कुर्सीका सामु ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नभएको देखिएको टिप्पणी गरेका छन्। भारतिय गतिविधि विरुद्घ ओलीको रहस्यमय मौनता रहेको आरोप लगाएका छन्। 

उनले लेखेका छन्, ‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रम केपी ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ। सत्ता र कुर्सीका सामु प्रम केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैँ देखियो–रहस्यमय मौनता!’