म्यान्मार ७ वर्षिय बालिकाको गोली हानी हत्या

एजेन्सी । मंगलबार म्यान्मारका सेनाद्वारा ७ वर्षिय बालीकाको गोलीप्रहार गरी हत्या भएको छ ।

बालिका खिनमायो चित हालसम्म कै सबैभन्दा कम उमेरकी मृतक भएकी बिबिसिले जनाएको छ ।  देशभर प्रदर्शनी भइरहेको कारण म्यान्मार सेनाले आफ्नो सक्रियता बढाएको छ ।  सेनाले प्रदर्शनकारीको खोजमा विभिन्न घरहरू छापा मार्ने कार्य गरिरहेका छन् ।  सेनाहरू घरमा हतियारकाे खोजतलास गर्ने र प्रदर्शनकारीहरूको पक्राउ गर्ने कार्यमा सम्लगन भएको जानकारी छ ।

खिनमायो चितको दिदीले उनीहरूको घरमा पनि सेनाहरू छापा मार्न आएको कुरा बताइन्।  तब सेनाहरूले ढोकामा लात बजारेको र ढोका उनीको बुबाले खोलेकाे जानकारी उनीले बयानमा दिइन् ।  सेनाले घरमा अरू कोइ छ भनी प्रश्न गर्दा उनीका बुबाले नकारात्मक जवाफ दिएका थिए ।

यसैबीच खिनमायो चित दगुरेर बुबाकहाँ अाउँदा उनीलाई गोली हानी हत्या गरिएको भनिएको छ ।  प्रहरीले उनीको १९ वर्षिय दाइलाइ पनि कुटपिट गरि पक्राउ गरेका छन् ।  बालीकाको अस्पताल लाने क्रममा गोली लागेको अfधा घण्टापछी मृत्यु भएको थियो।  सेनाले बालीकाको हत्या सम्बन्धि भने केही टिप्पणी गरेको छैन ।

ताजा अपडेट