युवा नेतृत्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपरासी । पश्चिमी नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा युवा नेतृत्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एबिसी नेपालको आयोजना तथा स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र सामुदायिक रेडियो परासीको सहकार्यमा युवा नेतृत्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

एबिसी नेपालका क्षेत्रीय प्रमुख मनोज लामिछानेको अध्यक्षता तथा समुदायिक रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतमको प्रमुख अतिथ्यमा युवा नेतृत्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले ग्रामीण क्षेत्रमा युवाहरुले गरेको विभिन्न विकास निर्माणका कार्य ,समाज परिवर्तनका लागि गरेको योगदानलाई स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म पुर्‍याउन जरुरी भएको बताए। साथै उनले युवाहरुको मनोभावनालाई बुझेर युवाहरुको नेतृत्व विकास गर्नका लागि युवा कार्यक्रम सञ्चालन गर्न अवश्यक भएको समेत बताए ।

सो अवसरमा बोल्दै अध्यक्ष लामिछानेले युवाहरुको मनोबल बढाउन र समाजमा भएको कुरिती कुसंस्कार, महिला हिंसा, बालविवाह  र चेलिबेटी बेचविखनजस्ता घटनालाई न्यूनीकरण गर्न युवाहरुले निर्वाह गरेको भुमिकालाई पत्रपत्रिका र विभिन्न सूचनामार्फत स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म पुर्‍याउन आवश्यक भएको बताए । युवाहरुले समाज परिवर्तनका लागि गरिरहेको गतिविधिहरुमा आधारित भई युवा संवाद कार्यक्रम रेडियो मार्फत सञ्चालन गर्न समेत बताए । साथै युवाहरुको नेतृत्व विकास गर्न र समाज परिवर्तनका लागि युवा संवाद कार्यक्रममा युवाहरुको ठूलो भूमिका रहेको समेत बताए । 

सो कार्यक्रममा एबिसि नेपालका सहजकर्ता राजमन बरई, संजित शर्मा, राजेस आर्या, साईदा निसा पठान, कार्यक्रम अधिकृत सुन्नर हरिजन, एकाउन्टेन्ट उमेश देवकोटालगायत सरावल गाउँपालिका, सुस्ता गाउँपालिका र पाल्हिनन्दनका गरिब १५ जना युवा, युवतीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट