ब्राजिलमा कोरोनाको कारण एकै दिन ३ हजार जनाभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना संक्रमणका कारण एकै दिन ३ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरूले २४ घण्टाको अवधिमा भाइरसको संक्रमणका कारण ३ हजार २ सय ५१ जनाको मृत्यु भएको पुष्टि गरेका बीबीसीले उल्लेख गरेको छ । यो भाइरसका कारण एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो । बुधबार साँझसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ६ सय ७६ पुगिसकेको छ ।कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा ब्राजिल दोस्रो प्रभावित मुलुक हो । ब्राजिलमा २४ घन्टाको अवधिमा ८० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै ब्राजिलमा संक्रमितको संख्या १ करोड २१ लाख ३० हजार नाघेको मन्त्रालयले जनाएको छ ।सबैभन्दा बढी प्रभावित अमेरिकामा भाइरसका कारण ५ लाख ४३ हजार ८ सय ४९ जनाको मृत्यु भइसकेको छ । २९ करोड ९२ लाख ३३ हजारभन्दा बढी संक्रमित छन् । त्यस्तै संक्रमित संख्याका आधारमा प्रभावित देशहरूको सूचीमा भारत, रुस र फ्रान्स क्रमश: तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् ।सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २७ लाख ३६ हजार ६ सय २१ जनाले ज्यान गुमाइसकेका छन् ।