नेपाल र किर्गिस्तानको खेल बराबरीमा

काठमाडौं ।नेपाल र किर्गिस्तानको यु–२३ टोलीले बिहीबार गोलरहित बराबरी खेलेपछि बंगलादेश लिग चरणको अन्तिम खेलअघि नै थ्री नेसन्स कपको फाइनल पुगेको छ ।पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको बगंलादेशको ३ अंक छ । बंगलादेश लिग चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएपनि कुनै फरक पर्नेछैन ।नेपाल र बंगलादेशबीचको खेल शनिबार हुदैछ । नेपाल र किर्गिस्तानको समान १ अंक छ । किर्गिस्तानले दुई खेल खेलिसकेको छ । नेपालले बंगलादेशसँग एक खेल खेल्न बाँकी छ ।नेपाल र बंगलादेशबीचको खेल शनिबार हुदैछ । नेपाल र किर्गिस्तानको समान १ अंक छ । किर्गिस्तानले दुई खेल खेलिसकेको छ । नेपालले बंगलादेशसँग एक खेल खेल्न बाँकी छ ।

ताजा अपडेट