नेपाल समूहले समानान्तर कमिटी गठन

बुटवल । नेकपा एमाले नेपाल समूहले अर्घाखाँचीमा समानान्तर कमिटी गठन गरेको छ।

नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर कमिटी गठन गरेको हो।

नेपाल समूहको शनिबार बसेको बैठकले यही चैत मसान्तभित्र पालिका, वडा र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वडा र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ।

बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवं पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसाल, संविधान सभा सदस्य डा. दुमन थापा, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाललगायतले बोल्दै एमालेलाई विधि, प्रकृया र जनचाहाना अनुरुप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको बताएका थिए।

ताजा अपडेट