मेलम्चीको पानी काठमाडौँबासीको घरमा पुग्न सुरु

काठमाडौँ । बहुप्रतिक्षित मेलम्चीको पानी आइतबार दिउँसोदेखि काठमाडौँबासीको घरमा पुग्न सुरु भएको छ।

उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य लगायतले संयुक्त रुपमा महांकालचौर क्षेत्रमा भल्भ खोलेर पानी वितरणको शुभारम्भ गरेका हुन्।

सुन्दरीजलमा झारिएको पानी प्रशोधन गरेर ४ स्थानमा रहेका ट्यांकीमा जम्मा गरिएको थियो।

महांकालको ट्यांकीबाट देवकोटा सडक, बत्तिसपुतली, जयबागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्ग लगायत क्षेत्रका धाराहरुमा पानी पठाइएको छ।

साँझ मिनभवन र अनामनगरको पानी ट्यांकीमा जोडिएका वितरण लाइनबाट पानीको वितरण भयो। रातिबाट खुमलटारमा बनेको नयाँ ट्यांकीबाट पानी पठाइनेछ।

केयूकेएलका अनुसार प्रशोधन गरेर पिउन योप्य बनाइएको ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा हालिएको छ।

अब हरेक दुई दिनको अन्तरमा बालाजुस्थित पानी पोखरी, बाँसबारी र महाराजगञ्जस्थित पानी ट्यांकीहरुबाट पानी वितरण थालिनेछ। त्यसपछि कीर्तिपुर, ठिमी, भक्तपुरस्थित ट्यांकीहरुबाट पानी वितरण हुनेछ।

यसै महिनाभित्र उपत्यकाबासीलाई दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ।

केयूकेएलसँग हाल २ लाख ३० हजार ग्राहक छन्। एउटा घरमा १० जना मानिस बस्छन् भन्ने अनुमानका आधारमा प्रतिव्यक्ति औसत १०० लिटरसम्म पानी दिन सकिने उनले बताए।

यसै महिनाभित्र उपत्यकाबासीलाई दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ।

केयूकेएलसँग हाल २ लाख ३० हजार ग्राहक छन्। एउटा घरमा १० जना मानिस बस्छन् भन्ने अनुमानका आधारमा प्रतिव्यक्ति औसत १०० लिटरसम्म पानी दिन सकिने उनले बताए।