प्रधानमन्त्री केपी शर्मा ओली पुगे फाइनल खेल हेर्न दशरथ रंगशालामा

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बंगलादेशबीच भइरहेको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।

नेपाल, बंगलादेश र किर्गिस्तानको यु २३ सम्मिलित त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै छन्।

रंगशाला पुगेर प्रधानमन्त्री ओलीले खेलाडीसँग हात मिलाएर जितका लागि शुभकामनासमेत दिए।

प्रधानमन्त्री ओलीले रेफ्रिलाई फुटबल हस्तान्तरण गरेर खेलको औपचारिक उद्घाटन गरेका थिए।

नेपालका लागि बिशाल राईले दोस्रो गोल गरेका हुन्।

उनले खेलको ४१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।