देशको अवस्था नाजुक बनाउने वायु प्रदुषण बारे जानकारी

काठमाडौँ। गत शुक्रबारबाट विग्रँदै गएको काठमाडौँको मौसममा हालसम्म पनि आपेक्षित सुधार आएको छैन। धुलोको मुस्लोभित्र दम घुटिरहेको अवस्थामा रहेको काठमाडौँ हाल विश्व कै प्रदुषित सहरहरुमध्येको एक बनेको छ।

एक्युआईको अनुसार सहरमा सप्ताहतभरमा प्रदुषणको नाप ३०० भन्दा बढी पुगेको छ जुन अति अस्वस्थकर मानिन्छ छ।

पर्यावरण संरक्षण एजेन्सी(इपिए)ले वायु गुणस्तर सूचकांक(एक्युआई) ५ प्रदूषक–जमिन–सतही ओजोन, कण प्रदुषण, कार्बोन मोनोअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड०को मात्रालाई मध्यनजर गरी नाप्ने गर्छ। र, नाप ० देखि ५००को बिच हुने गर्छ जहाँँ ० ले अति सफा वातावरण जनाउँछ भने १०० देखि बढी अंकले हावाको गुणस्तर उती स्वस्थकर जनाएको मानिँदैन। वायु प्रदुषणले नेपालको तराई देखि हिमाल र अझ सिमा पारीसम्म नै प्रभाव पारेको जानकारी छ।

सोमबार, काठमाडौँ विश्व कै दोस्रो बढी प्रदुबित सहर बनेको थियो, पहिलो स्थानमा दक्षीण कोरियाको बुसान सहर रहेको थियो।

काठमाडौँ मात्र नभई वायु प्रदूषणले देशभर कै अतिरिक्त क्षेत्रहरुमा प्रभाव पारेको विभिन्न स्रोतहरुले खुलाएको छ। प्रदूषण कै कारण आइतबार शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले आपतकालीन बैठक बसेका थिए।

प्रदुषणले स्वास्थ जोखिम निम्त्याउने सम्भावना देखिएको कारण सोमबार सरकारले देशभरका विद्यालयहरु बन्द गर्ने आदेश दिएको थियो। शीक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले प्रदुषणका कारण विद्यालय बन्द भएको यो पहिलो पटक भएको जानकारी दिए। उनीका अनुसार विद्यालय आउने शुक्रबारसम्म बन्द गरिएको छ।

नेपालमा सुक्खा मौसमको करण धेरै क्षेत्रमा डढेलो लागेको बताइको छ। चैत १३ गते ५२३ स्थानमा डढेलो लागेको जानकारी विभिन्न स्रोतहरुमा उल्लेख छ। सोमबार ४३ जिल्लाका १७२ स्थानमा डढेलो लागेको थियो। बर्दिया, सिन्धुली, पर्सा, चितवन, उदयपुर, दाङ, बाँके र सुर्खेतमा विनाशकारी डढेलो भएको विभिन्न स्रोतहरूमा उल्लेख छ।

हालसम्म डढेलोको नयाँ घटना आउने क्रम धेरै घटे तापनि डढेलो भने अझै पनि भयानक रूपमा फैलिरहेकै अवस्था छ। चैत १२ गतेसम्म ५२४ डढेलो अझै सक्रिय अवस्थामा रहेको जानकारी स्रोतमा उल्लेख छ।

“वायुमण्डलमा प्रदुसक कण भएको कारण, पर्याप्त वायु चल्न र देशका धेरै क्षेत्रमा डढेलो लागिरहेको अवस्थामा धुवाँ स्वतन्त्र फैलेन नसकेको कारण हावा प्रदुषीत भएको हो” मौसम पूर्वानुमान विभागका मौसमविद मिन कुमार आर्यलले तुवाँलोजनक वातावरण बारे बताए।

हावा नचलेको कारण प्रदुसक कण पनि जमीनी सतहमै रहेको कारण सो प्रदुषण तुवालोजस्तो देखिएको कुरा पनि बताइएको छ।

उक्त प्रदुषणले आँखा पोल्ने, श्वासप्रश्वास प्रक्रियामा गाह्रो पर्ने जस्ता समस्या ल्याउने गरेको जानकारी थियो। यसको लामो समयकालको समस्या श्वासप्रश्वास प्रणालीका समस्या, आस्थमा, ह्रदयघात जस्ता घातक रोगहरू हुन सक्छन्।

राष्ट्रको एकमात्र अन्तराष्ट्रिय विमानस्थल पनि शूक्रबार अस्थायी रुपमा बन्द गरिएको थियो। विमानस्थलका एक अधिकारीले दृश्यता घटेर १ हजार मिटर पुगेको जानकारी दिइएको थियो।

तर, मंगलबारदेखि मौसमविद वरूण पौडेलका अनुसार हल्का वायु चल्ने सम्भावना छ जसकारण दृश्यतामा सुधार आउने अनुमान छ। तराईमा ४,००० देखि ८,००० भने काठमाडौँ पोखरालगायत क्षेत्रमा सोमबार १,५००० मिटरको दृश्यता थियो। प्रदुषण पूर्ण तरिकाले हट्नको लागि भने वर्षा नै आवश्यक पर्ने विज्ञहरूको भनाइ छ।

ग्लोबल इन्सिटिचिउट फर इन्टरडिसिप्लिनरी स्टडिजका निर्देशक उत्तमबाबु श्रेष्ठको बयानमा उक्त प्रदुषण अकास्मक नभएको बताइएको छ।

काठमाडौँमा केहि दशक अघिदेखि नै वातावरणलाई प्राथमिकता दिई नितीहरू सही ढंगमा कार्यानवयन भएको भए यस्तो भयावह अवस्था पैदा नहुने कुरा उनी बताउँछन्।

वर्तमान घडीमा आफ्नो स्वास्थ सुरक्षाको लागि भने अत्यावश्यक कार्यभनदा बाहेक घरबाहिर ननिस्कने र निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने उच्च सल्लाह विज्ञहरूले दिएका छन्।

विज्ञहरू सरकारले कोरोनालाई सरह यस विषयलाई पनि विशेष ध्यान दिनपर्ने कुरा बताउँछन्।

(एजेन्सीको सहयोगमा)