एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा सर्वोच्चले अनुमति नदिने

काठमाडौं सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो।

गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको ठहर गरेको थियो। साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो।