सरकारले राति ९ बजेपछिको रात्रिकालीन व्यवसाय बन्द गर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणका घटना बढ्दै गएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयमा आज बसेको बैठकले विद्यालयहरुमा उच्च सावधानी अपनाउन अपील गरेको छ।

यस्तै, देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै शैक्षिक संस्थाहरुमा उच्च सर्तकता अपनाउन, सार्वजनिक यातायातमा भीडभाड कम गर्न, कन्ट्याक्ट ट्रेसिंग बढाउन र एन्टिजेन वा पसिआिर परीक्षण बढाउन, घरबाहिर अनिवार्य मास्कको प्रयोग गर्न र गराउन र रात्रीकालिन व्यवसायहरु अनिवार्य रुपमा ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।