टि२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं ।नेपालले वैशाख पहिलो साता कीर्तिपुर मैदानमा खेल्ने नेदरल्यान्ड्स र मलेसियासँग खेल्ने टि२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।इएसपिएनक्रिकइन्फोकाअनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्सँग वैशाख ४ मा खेल्ने छ । दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ । नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने छ । लिगमा शीर्ष दुईमा रहने सके नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ ।क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने छ । मुख्य प्रायोजनमा बजाज पल्सर छ । खेल दिउँसो २ः१५ देखि ५ः१५ सम्म हुने छ ।नेपालले टियु मैदानमा पछिल्लो समय गतवर्ष माघमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओडिआई त्रिकोणात्मक सिरिज खेलेको थियो । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेपालले पछिल्लो पटक फागुन थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । प्रशिक्षक देभ ह्वाटमोरको प्रशिक्षकमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल समेत खेल्ने छ ।इएसपिएनक्रिकइन्फोका अनुसार त्रिकोणात्मक सिरिजको खेल तालिकावैशाख ४ : नेपालविरुद्ध नेदरल्यान्ड्ससवैशाख ५ : नेदरल्यान्ड्सविरुद्ध मलेसियावैशाख ६ : नेपालविरुद्ध मलेसियावैशाख ७ : नेपालविरुद्ध नेदरल्यान्ड्सवैशाख ८ : नेदरल्यान्ड्सविरुद्ध मलेसियावैशाख ९ : नेपालविरुद्ध मलेसियावैशाख १० : विश्राम वैशाख ११ : फाइन (लिगपछि शीर्ष दुईटोली)