धोनीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १९ लाख २० हजार रुपैयाँ जरिवाना

चेन्नई सुपर किंग्सका कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १९ लाख २० हजार रुपैयाँ जरिवाना लागेको छ ।शनिबार राती सम्पन्न दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारु अर्थात १९ लाख २० हजार रुपैयाँ जरिवाना लागेको हो । आइपिएलको नियम अनुसार २० ओभरमा ९० मिनेटमा सक्नुपर्ने हुन्छ ।पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको थियो । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । दिल्लीका ओपनर पृथ्वी शा ७२ र शिखर धवन ८५ रनको योगदान दिएका थिए ।धोनीले आइपिएल भारतीय समय अनुसार ७:३० बाट सुरु हुँदा सुरुमा ब्याटिङ गर्ने टोलीलाई केहि घाटा हुने बताएका छन् । धोनीले ३० देखि ४० मिनेट ढिला सुरु गर्नुपर्ने बताएका छन् । १ सय ८८ रनको योगफलमा जित्न नसकेपछि सोधिएको प्रश्नमा जवाफ दिँदै धोनीले भने, ‘सुरुमा ब्याटिङ कठिन थियो । ब्याट्सम्यानको सोच सितमा नै हुन्छ । तर एकपटक सित परेपछि वानखडे स्टेडियम ब्याटिङ गर्न सहज हुन्छ ।’