सुनचाँदीको मुल्यमा सामान्य गिरावट

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।