देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्ष २०७८ सालको अवसरमा वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह गर्नेछन् ।

यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका यजना, सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नेछन् ।प्रधानमन्त्री ओलीले २०७७ साललाई ‘पीडादायी वर्ष’को रुपमा चित्रित गर्नेछन् । २०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख हुनेछ । महामारीमा पनि कमभन्दा कम जनधनको क्षति गर्न सरकारले के गरेको प्रयासका बारेमा पनि सम्बोधनमा उल्लेख हुने स्रोतको भनाइ छ ।