लुम्बिनी कलेजको विद्यार्थीहरुका लागि स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

काठमाडौं । चाबहिल चुच्चेपार्टीमा रहेको लुम्बीनी कलेजले स्नातकोत्तरका विद्यार्थीहरुका लागि स्वागत तथा बधाई कार्यक्रम कमलपोखरीमा अवस्थित काजी दरबारको सभाहलमा सम्पन्न गरेको छ।

स्वागत तथा बधाई कार्यक्रममा कलेज प्रशासनको प्रतिनिधि र विभिन्न संघसंस्था बुद्धिजीवी ,लुम्बीनी कलेजले स्नातकोत्तरमा भर्ना भएका विद्यार्थीहरु एंव पत्रकारहरु उपस्थिति रहेको थियो।

कार्यक्रममा बिशेष आर्कपषाको अतिथिहरुमा चर्चित गायिका रचना रिमाल र वाइल्ड रिपर्ज डान्स क्रिउका सदस्य र डान्स इंडिया डान्सको साविक विजेता सुशान तामाङको उपस्थिति रहेको थियो। दुवै अतिथिहरु आ– आफनो दमदार प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा युवा हास्यकलाकारको जोडी गणेश राई र विश्नजीत देउजाको विविध हास्याुलय प्रस्तुतिले कार्यक्रमको माहोल तातिएको थियो।

विगत केही बर्षादेखि चाबहिलमा सांचालित लुम्बीनी कलेजले विद्यार्थीहरुलाई न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको अतिरिक्त क्रियाकलापको विभागीय प्रमुख विनोद क्षेत्रीले जानकारी दिए ।
उक्त कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यका साथ स्वागत तथा बधाई कलेजका प्रिन्सिपल रवीन चन्द कोइरालाले दिएका थिए।

ताजा अपडेट