भारतमाको राजधानी दिल्लीमा कोरोना संक्रमण नियन्त्रण गर्न कर्फ्यू घोषणा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यु घोषणा भएको छ । भारतमा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर जान लागेपछि राजधानी दिल्लीमा कर्फ्यू घोषणा गरिएको हो ।

समाचार अनुसार दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवारदेखि सोमवारसम्म कफ्र्यु घोषणा गरेका हुन । कर्फ्यू शुक्रवार रााति १० बजेबाट लागु हुने जनाइएको छ ।

मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताएका छन् ।

भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको रिपोर्ट अनुसार सङ्क्रमणको माहामारी सुरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित हुनु बुधबार पहिलो पटक भएको जनाइएको छ ।

यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने बुधबार एकैदिनमा २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।