समग्रमा ४–० को जितसहित युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

स्पेनिस प्रतिद्धन्द्धी ग्रानडालाई सहजै पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगाको सेमिफाइनलमा प्रवेश गरेको छ ।युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई २–० ले तथा समग्रमा ४–० को जितसहित अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा युनाइटेड २–० ले विजयी भएको थियो । दोस्रो लेगमा पनि २–० को जितमा युनाइटेडका लागि एडिन्सन काभानीले गोल गर्दा एक गोल उपहार पाएके थियो ।ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलको छैटौं मिनेटमा नै इडिन्सन काभानीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले पल पोग्वाको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बल पोसेसनमा पकड बनाएपनि युनाइटेडले थप गोलको लागि खेलको अन्तिम समय कुर्नुपरेको थियो । इन्ज्युरी समयमा जेसस भालेजोले आत्मघाती गोल गरेपछि युनाइटेड २–० ले विजयी हुन सफल भयो ।यस्तै अर्काे सेमिफाइनलमा इंग्लिस क्लब आर्सनल र स्पेनिस क्लब भिल्लारियलबीच प्रतिस्पर्धा हुनेछ । आर्सनलले चेक क्लब स्लााभिया प्रागलाई तथा भिल्लारियलले क्रोएसियन क्लब डेनामो जाग्रिवको चुनौती पन्छाउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।यस्तै अर्काे सेमिफाइनलमा इंग्लिस क्लब आर्सनल र स्पेनिस क्लब भिल्लारियलबीच प्रतिस्पर्धा हुनेछ । आर्सनलले चेक क्लब स्लााभिया प्रागलाई तथा भिल्लारियलले क्रोएसियन क्लब डेनामो जाग्रिवको चुनौती पन्छाउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।