रु रु जलुविद्युत परियोजनाको आइपीओ आज शुक्रबार बाँडफाँट

काठमाडौं । रु रु जलुविद्युत परियोजनाको आइपीओ आज शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यपिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ ।

यता, रु रु को आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ६९ हजार ५६६ जनाले २ करोड ३३ लाख ७७ हजार२२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६१.६५ गुणा बढी हो ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ ।