ठेकेदार मल्ल ठगी मुद्दामा पक्राउ

काठमाडौ । प्रेरा निर्माण सेवा प्रालीका एमडी प्रेमकुमार मल्ललाई बिहीवार काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जीका आधारमा ठगी मुद्दामा सम्लग्न मल्ललाई टेकु प्रहरीले पक्राउ गरेको हो । ठगि मुद्दामा सम्लग्न अभियुक्त चार महिना देखि फरार मल्ललाई प्रकाउ गरि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । ज्योति निर्माण सेवा प्रालीका एमडी राजकिसोर गुप्तासँग भएको पार्टनर सिपमा गरेको कामको लेखाजोखा (हिसाबकिताब)मा ठगी गरेको हुनाले निजलाइ पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका मल्ललाई आवश्यक अनुसन्धान गर्नका लागि म्याद थप गरि अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।