त्रिकोणात्मक टि२० आई सिरिजमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं ।त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुने छ ।दुवै टोली त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको नेतृत्व पिटर सीलारले गर्ने छन् । नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम पटक प्रतिस्पर्धा २०१९ अक्टोबर ७ मा भएको थियो । ओमानमा सम्पन्न पाँच टोली बीचको टि२० आई सिरिजमा यी दुई टोलीले खेलेका थिए । नेपाल घरेलु समर्थक र मैदानको फाइदा उठाउन चाहन्छ । यता बलियो टोली नेदरल्यान्ड्स उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्ने सोचमा छ ।नेपाली टोलीमा अनुभवी ब्याट्सम्यान पारस खड्का छैनन् । नेपालको शीर्षक्रम ब्याटिङ ज्ञानेन्द्र मल्ल, कुशल मल्ल र आशिफ शेखले सम्हाल्ने सम्भावना देखिन्छ । मध्यक्रम दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र विनोद भण्डारी छन् । तल्लोक्रममा सोमपाल कामी र करण केसी फिनिसरको रुपमा खेल्ने छन् ।नेपालले दुई स्पिनर र तीन तीव्र गतिका बलर खेलाउने रणनीति देखिन्छ । स्पिनरमा लेगस्पिनर सन्दीप लामिछानेलाई साहब आलमले साथ दिन सक्छन् । साहब नेपालबाट पहिलो खेल खेल्ने तयारीमा छन् । यता तीव्र गतिको बलिङमा अभिनाश बोहराले सोमपाल र करणलाई साथ दिने छन् ।नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, विक्रमजित सिंह, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, पल पान मीकेरन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट र जुलियन डी म