प्रचण्ड र माधव कुमार नेपालबीच छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भएको छ ।

प्रचण्ड र नेपालबीच कोटेश्वरको एक होटलमा छलफल भएको हो ।

नेपाल आज बिहान झापाबाट फर्किएलगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको छ । छलफलमा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।