१८५ दिनपछि पृथ्वीमा फर्किइन् नासाकी एक इन्जिनियर

अन्तरिक्षयात्री एवम् नासाकी इन्जिनियर केट रुविन्स अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आइएसएस)बाट १ सय ८५ दिनपछि पृथ्वीमा फर्किएकी छन् । अनुसन्धानका लागि अन्तरिक्षमा सयौं घण्टा बिताएपछि आफ्नो मिसन पूरा गरेर उनी शुक्रबार पृथ्वीमा फर्किएकी हुन् ।

उनीसँगै रुसका अन्तरिक्ष यात्री सर्ज रिज्कोभ र सर्जी कुदस्र्भेकोभ पनि पृथ्वीमा फर्किएका छन् । तीनै अन्तरिक्ष यात्रीसहित १० जनाको समूह गत अक्टोबर महिनामा उक्त स्पेस स्टेसनमा पुगेको थियो । समूहका ७ जना भने गत नोभेम्बरमै फर्किएका थिए ।

पृथ्वीबाट करिब २ सय माइल टाढा रहेको अन्तरिक्ष केन्द्रबाट ई. केटले गत जनवरीमा भएको अमेरिकी राष्ट्रपति चुनावमा उनले अन्तरिक्षबाटै भोट गरेकी थिइन् । ई. केटले यसअघि र हालको अन्तरिक्ष यात्रा गरी जम्मा ३ सय दिन अन्तरिक्षमा बिताएकी छन् ।

ताजा अपडेट