नेपालको मलेसियामाथि ९ विकेटको सानदार जित

काठमाडौं ।ओपनरल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको छ ।जितको लागि १ सय १० रनको विजयी लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे । आसिफ शेख २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो । लगातार दोस्रो खेलमा शतकीय साझेदारी गरेका हुन् । विजयी चौका प्रहार गरेका दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।कुशल नेदरल्यान्ड्सँग ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । कुशल भुर्तेल नेपालबाट टि२० आईमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले २६ बलमा अर्धशतक प्रहार गरे । पहिलो खेलमा कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए । मलेसिया विरानदीप सिंहले १ विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए । नेपालको बलिङ सामू मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।करण केसीको दोस्रो ओभरको चौथो बलमा ओपनर अनवार अरुद्दीन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए । ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए । त्यसपछि मलेसियाले लगातार विकेट गुमाउन पुग्यो ।नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेपाल ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा २ अंकका साथ दोस्रो र मलेसिया पुछारमा छ । नेपालले आफ्नो तेस्रो खेल मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।