नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।  नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ । मध्यक्रमका ब्याट्सम्यान बास डी लिडले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० आई सिरिजमा घरेलु टोली नेपालमाथि ३ विकेटको सानदार जित निकालेको छ । जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।