मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनाभर बन्द हुने

गोरखा ।प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गरी जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ ।

‘कोभिड १९ विपद व्यवस्थापन समितिको आजको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निणर्य भएको छ’, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने, ‘नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निणर्य भएको छ ।’

चैतेदशैँ भएकाले मंगलबार एकैदिनमा मनकामना मन्दिरमा सात हजार भक्तजनले पूजा गरेका मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट भएको निणर्य प्राप्त नभएकाले मंगलबार निर्वाध रुपमा पूजाआजा भएको उनले बताए । ‘डिसिसिएमसीले नै निणर्य गरेपछि हामीले पनि बन्द गर्नैपर्‍यो’, जोशीले भने ।
चैतेदशैँको अष्टमीमा गोरखकालीको विशेष पूजा लाग्ने दिन भएकाले मंगलबार भक्तजनको थेगिनसक्नु भीड भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए । डिसिसिएमसीको निणर्य अनुसार बुधबारदेखि मन्दिरमा नियमित पूजाबाहेकका पूजाआजा बन्द गर्ने उनले बताए ।

डिसिसिएमसीले मेला, महोत्सव, जात्रा, पर्व, बिबाह, ब्रतवन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने र पार्टी प्यालेसको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने निणर्य गरेको छ ।