रोकिएन कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा थप २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । निको हुने दर ९५.९ प्रतिशत रहेको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।

ताजा अपडेट