मंगल ग्रहमा पुग्यो हेलिकप्टर

एजेन्सी ।अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा उडाएको इन्जेन्युटी नामक हेलिकप्टर (ड्रोन) को उडान सफल भएको छ । उक्त हेलिकप्टर १ मिनेटभन्दा कम समय हावामा अडिएको थियो । यद्यपि, नासाले यसलाई एउटा ग्रहबाट अर्को ग्रहमा पहिलो पटक सफलतापूर्वक नियन्त्रित उडान सञ्चालन गरेको बताएको छ ।

नासाले आगामी दिनमा मंगल ग्रहमा थप उत्साहजनक उडान गर्ने बाचा गरेको छ । प्रविधिको क्षमता परिक्षण गर्नका लागि नासाका इन्जिनियरहरुले इन्जेन्युटिलाई अझै लामो र थप उचाइको उडान गर्न निर्देश गरेका छन् ।

मंगल ग्रहमा उडेको उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरेन्स रोभरले गत फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा पुर्याएको थियो ।रातो ग्रह भनेर चिनिने मंगल ग्रहको वायुमण्डल निकै पातलो भएकाले त्यहाँ उडान सहज छैन । मंगल ग्रहको वायुमण्डलमा पृथ्वीको वायुमण्डलको १ प्रतिशत घनत्व छ ।

ताजा अपडेट