मन्त्रिपरिषद्को बैठकले तीन सचिवको जिम्मेवारी हेरफेर गर्यो

काठमाडौं । सरकारले तीन सचिवको सरुवा गरेको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले सचिवत्रय दिनेश घिमिरे, देबेन्द्र कार्की र डा पेमनारायण कँडेलकोे जिम्मेवारी हेरफेर गरेको हो । जस अनुसार उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे त्यहाँबाट लो प्रोफाइलका सचिव बस्ने कार्यलयका रुपमा चिनिएको राष्ट्रिय सर्तकता केन्द्रतिर पठाइएका छन् भने उर्जामा सतर्कताकेन्द्रबाट सचिव देवेन्द्र कार्की तानिएका छन् । कार्की महिना दिन अघि मात्र नेपाल ट्रष्टको कार्यलयबाट सर्तकता केन्द्रमा तानिएका थिए । सोही मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपक्षी मन्त्रालय सचिव डा पेमनारायण कँडेललाई वन मन्त्रालयमा सरुवा गरेको थियो ।