बिहिबारबाट उपत्यका छिर्नेले होम आइसोलेसनमा बस्नुपर्ने

काठमाडौं । सरकारले बिहिबारबाट १ हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ।काठमाडौं उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीहरुले सोमबार ओदश जारी गर्दै १६ गतेबाटनिषेधाज्ञा एक साताका लागि निषेधाज्ञा जारी रहने बताएका छन् । सो अवधिमा अत्यावश्यक बाहेकका सेवा बन्द रहनेछन् भने सवारी साधान पनि चल्ने छैनन्।उपत्यकाका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने ओदशमा उल्लेख छ । विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड-१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा समेत संकमण तीव्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संकामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी १६ बैशाख विहान ६:०० बजे देखी २२ बैशाख राती १२:०० बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको छ । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने। विवाह व्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने ।सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा मिति २०७८/०१/१६ गते विहान ६:०० बजे देखी मिति २०७८/०१/२२ गते राती १२स्०० बजेसम्म काठमाडौं जिल्लाभर रोक लगाउने।अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने।अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने।