निषेधाज्ञाको पहिलो दिन काठमाडौँ सुनसान

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा सुरू भएको छ ।

निषेधाज्ञाको कारणले सार्वजनिक सवारी चलेका छैनन् । अत्यावश्यक सेवा र बैंक तथा वित्तीय सेवातर्फका कर्मचारीले कार्यालयको परिचय पत्र देखाएर निजी सवारी साधन चलाएका छन् ।

सडकमा बिहान कम सवारी सधान गुडे पनि १० बजेतिर सडकमा भिड नै देखिन्थ्यो। कतै जाम देखिन्थ्यो भने धेरैजसो ठाउँ सुनसान पनि छ।

वैशाख २२ गतेसम्म यो निषेधाज्ञा लागु हुन्छ। त्यसपछि पनि एक साता निषेधाज्ञा गर्ने प्रशासनले जनाएको छ। कोरोना बढेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा आजदेखि निषेधाज्ञा गरिएको हो।

दैनिकी सरोकार