निषेधाज्ञा उल्लङ्घन गर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा

काठमाडौं । उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।

बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताएका छन् । 

त्यसैगरी ३ सय ८१ वटा साना जिपरकारहरु पनि होल्ड गरिएका छन् भने विभिन्न बाहना बनाएर चलेका १ सय ८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको फन्दामा परेका छन् ।

‘साँझ ७ बजेपछि मात्र ती सवारीलाई छोड्छौं,’ अधिकारीले भने । उनका अनुसार तीन दिनका बीचमा काठमाडौंबाट सावा दुई लाख मान्छे बाहिरिसकेका छन् । बिहीबार बिहानसम्म काठमाडौंका विभिन्न नाकाबाट बाहिरिने सवारीको चाप बढ्दो थियो ।