गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङ्गे बने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिएका हुन् । 

उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिएका छन् । 

उनलाई आजै मुख्यमन्त्री गुरुङले सपथ दिदैछन् ।