“कोरोनाको आँधी आउँछ” :डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले यूरोपेली राष्ट्रहरुलाई कोरोना भाइरसको स्रक्रमण रोक्न लगाइएको प्रतिबन्ध फुकुवा नगर्न चेतावनी दिएको छ । यदि अहिले नै प्रतिबन्ध हटाउने हो भने कोरोना संक्रमणले आँधीको रुप लिने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको हो ।

प्रतिबन्ध हटाए यूरोपमा पनि भारतको जस्तै अवस्था सृजना हुन सक्ने संगठनका प्रमुख हैन्स क्लूगले बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार क्लूगले भनेका छन्, ‘जब संक्रमणबाट जोगिन गरिएको प्रतिबन्ध फुकुवा गरिन्छ तब मानिसहरुको भीडभाड बढ्छ यस्तो अवस्थामा कुनै पनि देशमा कोरोनाको आँधी आउन सक्छ ।’

उनले भारतको जस्तो अवस्था अरु देशमा पनि आउन सक्ने कुरा बुझ्नपर्ने बताए । हालैका दिनमा भारतमा कोरोना संक्रमणको दर आक्रामक गतिमा फैलिरहेको छ । यसको एक कारण मानिसहरुको भिडभाड नै रहेको जानकारहरु बताइरहेका छन् । हालै यूरोपका केही देशहरुले कोभिड-१९ का कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्ने बताएका थिए ।

ताजा अपडेट