अत्यावश्यक सेवाका लागि आजबाट पास नचाहिने

काठमाडौं । अब निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं एक सूचना जारी गर्दै अत्यावश्यक सेवा तथा वस्तुका सवारीसाधनहरू, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, बिमाका कर्मचारीहरू, एअरपोर्ट जानेआउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने जनाएको हो। यस्तै कतै अवरोध भए सहजीकरणका लागि १०० र १०३ मा फोन गर्न सकिने कार्यालयले जनाएको छ। साथै अन्य अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी पास माग गर्ने गरेको पाइएकाले आजबाट मृत्यु संस्कार र अत्यन्तै जरुरी बाहेक पास जारी नगरिने प्रशासन कार्यालयले जनाएको छ ।