बार्सिलोना ग्रानडासाग २–१ ले स्तब्ध

एजेन्सी । उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा ग्रानडासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा सुरुवाती अग्रता लिएरपनि बार्सिलोना ग्रानडासाग २–१ ले स्तब्ध बनेको हो ।ग्रानडाका डार्विन माचिस र जर्ग मोलिनाले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । नोउ क्याम्पमा बिहीबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले खेलको २३औं मिनेटमा कप्तान मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए ।यो हारसँगै बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाउदा तेस्रो स्थानमा यथावत रहेको छ । बार्सिलोनाको ३३ खेलबाट ७१ अंक रहेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानमा रियल म्याड्रिडको ७१ अंक रहेपनिहेड टु हेडमा दोस्रो स्थानमा छ । बार्सिलोनालाई हराएको ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

ताजा अपडेट