म्यानचेस्टर युनाइटेडको शानदार जित

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमामाथि सानदार जित निकालेको छ ।युनाइटेडले रोमामाथि ६–२ को फराकिलो जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र इडिन्सन काभानीले समान दुई गोल गर्दा पल पोग्वा र मासन ग्रीनवुडले समान एक गोल गरे । रोमाका लोरेन्जो पेलिग्रिनी र इडेन जेकोले गोल फर्काए ।ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेसको गोलबाट अग्रता लिएके थियो । उनले इडिन्सन काभानीको पासमा गोल गरेका थिए । १५औं मिनेटमा लोरेन्जो पेलिग्रिनीले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । रिक कार्सडोर्पको प्रहारलाई पेनाल्टी बक्समा पल पोग्वाले बलले हात छोएपछि रेफ्रीले रोमालाई पेनाल्टी प्रदान गर्दा लोरेन्जो चुकेनन् ।

ताजा अपडेट