संक्रमितको उपचारका लागि बेड सुनिश्चित गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले सरकारसामू ११ बुँदे माग अघि सारेका हुन् ।