पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४८ जना कोरोना संक्रमित, ३७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

 त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

ताजा अपडेट