एसइई परिक्षा अझै अन्यौलमा,संक्रमण बढ्दै जाँदा परीक्षार्थी चिन्तित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, नेपालमा पछिल्लो समयमा तीव्र रुपमा नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलिरहेको छ ।

संक्रमणसँगै मृत्युदरको ग्राफ पनि उच्च छ । त्यसो त सरकारले संक्रमण नियन्त्रणका लागि १६ वैशाखबाट जारी गरेको निषेधाज्ञा कायमै छ । निषेधाज्ञाका कारण एसइई मात्रै नभई त्रिविअन्‍तर्गतका वार्षिक परीक्षा पनि रोकिएका छन् ।