उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा थप निषेधाज्ञा कडाइ गरिने भएको छ । कुनकुन क्षेत्रमा कडाइ गर्नेबारे सोमबार तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरू बैठक बस्दै छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साँझ ६ बजे बैठक बस्ने जानकारी दिए ।

उनले भने,‘कोरोना संक्रमण दर बढेको बढ्यै छ,सर्वसाधारणहरू सडकमा हिँडिरहेका छन्,अब यसरी हुँदैन कडाइ गर्नुपर्छ भन्ने हाम्रो योजना छ ।’
उनका अनुसार जारी निषेधाज्ञाको समीक्षा गर्दै थप क्षेत्रमा कडाई गरिनेछ । 

हाल काठमाडौं उपत्‍यकामा वैशाखभरका लागि सरकारले अत्यावश्यकबाहेक अरू क्षेत्रका लागि वैशाखभर निषेधाज्ञा लागू गरेको छ ।

ताजा अपडेट