ओलीले मागे विश्वासको मत, देउवाद्वारा अस्वीकार

श्राेतः इन्टरनेट

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रसलाई गरेको आग्रह सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

बुधबार नेताहरुसहित देउवा निवास बुढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई विश्वासको मत दिन गरेको आग्रह सभापति देउवाले अस्वीकार गरेका हुन् ।

आगामी २७ गते संसदमा विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान भएपछि ओ‌ली ओली बुढानीलकण्ठ पुगेका थिए ।

आज प्रधानमन्त्री ओली सहितका नेताहरु विश्वासको मत दिन कांग्रेससँग सहयोग मागेको तर कांग्रेसले सहयोग गर्न नसक्ने स्पष्ट पारेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने,‘आज प्रधानमन्त्रीसहितको मुलभुत रुपमा विश्वासको मत मैले लिइरहेको छु ।

कांग्रेसको सहयोगको अपेक्षा गरेको छु भनेर भन्नुभयो । हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं ।

’उनले भने,‘आज प्रधानमन्त्रीसहितको मुलभुत रुपमा विश्वासको मत मैले लिइरहेको छु ।

कांग्रेसको सहयोगको अपेक्षा गरेको छु भनेर भन्नुभयो । हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं ।’