प्रधानमन्त्रीविरूद्घ अविश्वासको प्रस्ताव ल्याउने शर्तबाट एक कदम पछि हट्यो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्घ अविश्वासको प्रस्ताव ल्याउने शर्तबाट एक कदम पछि हटेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्घ अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नआएको निष्कर्ष निकालेको हो ।

ओली स्वयंले नै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि तत्काल अविश्वास प्रस्ताव ल्याउने रणनीतिमा कांग्रेसको जोड रहेको भन्दै पार्टीले गृहकार्य नगरेको प्रस्टाएको छ ।

साथै कांग्रेले प्रधानमन्त्री ओलिविरूद्घ वैशाख २७ मा मतदान गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

उनले ओली बहिर्गमनपछि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नेगरी निर्णय भएको जानकारी दिए । 

यस्तै बैठकले चैत २१ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदनसमेत गरेको छ ।