कोरोना अपडेट: देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयलका अनुसार १७ हजार ३ सय १५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

अहिले सम्म नेपालमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या ३६३२ पुगेको छ।  भने अहिले देशभर ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।