माधव समूहको स्थायी कमिटी बैठक बस्दै

श्राेतः इन्टरनेट

काठमाडौं । माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । 

आफू पक्षका सांसदहरुको राजीनामालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

बैठक बस्न लागेको भए पनि समय टुंगो भइनसकेको नेपाल समूहका एक स्थायी कमिटी सदस्यले बताए । उनले भर्चुअल बैठक गर्ने कि भन्ने पनि भइरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।

ओलीलाई विश्वासको मत पुग्न नदिने र वैकल्पिक सरकार बनाउन सहज वातावरण बनाउने उद्देश्यले नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री अ‍ोलीले कारबाही गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै उनीहरुले सामूहिका राजीनामा दिने भएका हुन् ।

नेपाल समूहका १५ जना सांसदहरुले शनिबार राजीनामा पत्र बुझाएका छन् । उनिहरुले नेता नेपाललाई राजीनामा हस्ताक्षर गरेको पत्र बुझाएको स्रोतको दावी छ । माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । 

ताजा अपडेट