अत्यावश्यक बाहेकका सबै कार्यालय आजदेखि बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द रहने भएका छन् । काठमाडौ उपत्यकामा कोरोना भाइरस तीव्र रूपमा फैलिएर नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासनले उक्त निर्णय गरेको हो।

काठमाडौँ प्रशासनले सूचना जारी गर्दै कोरोनाको महामारी तीब्र रुपमा बढिरहेकाले नियन्त्रणका गर्नका लागि अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्न भनेको थियो । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड १९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहनेछन् ।

जारी सूचनामा अत्यावश्यकीय सेवाका कार्यालयलाई भने सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिने र त्यसका लागि न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न भनिएको छ ।

तर अत्यावश्यकबाहेकका अरू सबै कार्यालय भने बन्द गर्न भनिएको छ । आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । 

ताजा अपडेट