माउन्ट एभरेष्ट समिटर्स क्लबद्वारा करुणा अस्पताललाई अक्सिजन सेट सहयोग

काठमाडौं ।सरस्वताीनगरमा अवस्थित माउन्ट एभेरष्ट समिटर्स कल्बले १० थान अक्सिजन सेट कपन स्थित करुणा अस्पताललाई सहयोग प्रदान गरेको छ ।

दोलखा रोल्वालिङ गाउँका बासिन्दाबाट सञ्चालित माउन्ट एभेरष्ट समिटर कल्बले १० थान अक्सिजन सेट कपन स्थित करुणा अस्पतालका महाप्रबन्धक राम कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

केही अस्पतालहरुले बिरामी आफैलाई अक्सिजन व्यवस्थापन गर्न समेत भनिरहेका छन्। त्यस्तै, कोभिड बिरामीकै लागि र घरमै स्टक राख्नका लागि भन्दै सिलिन्डरसहित अक्सिजन उत्पादन कम्पनीमा मानिसहरु लामबद्ध अवस्था छ ।

कोरोना संक्रमितको उपचारमा अक्सिजन अभावलको कारणले कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले आपतकालिन प्रयोगको लागि माउन्ट एभेरष्ट कल्बले अरु अस्पातलसँग समन्वय गरेर सहयोग गर्ने कल्बको भनाई रहेको छ ।

हिमाल आरोहणको क्रममा प्रयोग हुने अक्सिजन सिलिन्डर सङ्कलन गरेर सहयोग गर्ने तयार रहेको कल्बका अध्यक्ष दावाछिरी शेर्पोले जानकारी दिनुभयो ।