“यो माया खत्रा” लोक दोहोरी गीत सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवाँरको लोक दोहोरी बोलको गीत “यो माया खत्रा” सार्वजनिक भएको छ ।

सञ्चारकर्मी खनालको शब्द, संगित र खनालकै आवाज साथै मनु कुवाँरको आवाजमा तयार भएको लोक दोहोरी “यो माया खत्रा” प्रेमिल गीत मंगलबार म्युजिक स्टार नेपाल कम्पनि मार्फत सार्वजनिक भएको हो ।

रैला पप टिपिकल रुपमा सार्वजनिक लोक दोहोरी गीतको भिडियोमा लोमस शर्मा र बबिता बोहराको मुख्य अभिनय रहेको छ भने अन्य स्थानिय भाईबिहनिहरुले सहयोगी भुमिका निभाएका छन् ।

गीतको भिडियो पर्यटकिय, धार्मिक तथा ऐतिहासिक स्थलमा तयार पारिएको छ । गीतले प्रेमको सन्देश साथै अहिलेको परिस्थितिमा विश्वसनिय प्रेमको विषयलाई उठान गरेको छ । मनोरन्जनात्मक अर्थात टिपिकल रुपमा गीत तयार पारिएको हो । लुम्बिनि कपिलवस्तु लगायतका स्थानमा तयार परिएको गीतको एरेन्ज मिक्सिङ हेमन्त शिशिर र रेकर्डिस्टमा विरेन बिसिले साथ दिएका छन् । गीतको भिडियो निर्देशक निशान एस के साथै दृश्य सम्पादनमा प्रकाश धमला र क्यामरामा दिपक गिरिले साथ दिएका छन् ।

सर्जकले आगामी दिनमा आफ्ना नयाँ नयाँ सृजना बजारमा ल्याउँदै जाने बताएका छन् । खनालको यो भन्दा पहिला राष्ट्रिय गीत नबिर्सौ विरताको गाथा सार्वजनिक भैसकेको छ ।

ताजा अपडेट