बारपाकमा कोरोना संक्रमण नियन्त्रण गर्न सबै पक्षसंग अपिल

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले बारपाक क्षेत्रको स्थित नियन्त्रण बाहिर जानसक्ने बताउनु भएको छ । उहाँले बारपाकमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै स्थितलाई नियन्त्रणमा लिनका लागि सहयोग गर्न सवै पक्षसंग अपिल गर्नुभएको छ ।

‘बडा नम्बर १ र २ मा पर्ने बारपाकमा कोभिड १९ संग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरु बढ्दो संख्याका कारण चिन्ताको स्थित सिर्जना भएको छ, अध्यक्ष भट्टद्धारा आज जारी बिज्ञप्तिमा भनिएको छ, पछिल्लो दुई हप्तामा बिचमा मात्र एन्टिजेन परीषणका लागि ३ पटक प्रयास गरिएको भएता पनि परीक्षण गर्ने सम्भावित संक्रमितको सख्या अपेक्षाकृत स्तरमा बढ्न सकेन् ।’

बिज्ञप्तिमा संक्रमितकोहरुको परीक्षण एवं पहिचान गरि संक्रमितहरुलई अलग पाुर्न पर्नेमा परीक्षणका लागि नै नागरिकहरु तयार नहुदा संक्रमण भित्रभित्रै बढ्न गई थप जोखिमको अबस्था सिर्जना भएको उल्लेख छ । उहाँले संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दल, संघसंस्था, आमा समुह लगायतलाई कोरोना परीक्षणका लागि उपयुक्त बाताबरण तयार गर्न अपिल समेत गर्नुभएको छ ।

ताजा अपडेट