हाेप फर हुम्यानिटी नेपाल द्वारा शरणार्थी क्याम्पमा खाद्यान्न सहयोग

काठमाडौ । हाेप फर हुम्यानिटी नेपाल द्वारा शरणार्थी क्याम्पमा खाद्यान्न सहयोग गरिएको छ । काेराेनाकाे महामारीकाे समयमा काठमाडौंको कपन स्थित बर्मेलि क्याम्पमा बस्दै आएका शरणार्थीलाई सहयोग गरिएको हो । क्यामप १ मा ८१ र क्यामप २ मा ८८ परिवारका करिब लगभग ३०० सय सदस्यहरूका लागि खाद्यान्न सहयाेग गरेका छन् । उक्त खाद्यान्न सहयाेगमा अमन अन्सारी र उनका टिमले सहयाेग पुर्याएका छन् । हाेप फर हुम्यानिटि नेपाल द्वारा विभिन्न संघ संस्थासंगकाे सहकार्यमा चाैथाे पटककाे वितरण गरिएकाे राहत हाे ।
साथै वेवारिसे अवस्थामा कंलकी मन्दिर परिसरमा भेटिएकी गाेरखा घर बताउने प्रमिला भट्टलाई उद्वार गरिएकाे छ । भट्टलाई मिति २०७८/०१/२३ गतेका दिन गाडिको ठक्करले खुट्टामा गम्भिर चाेट लागेकाे थियाे । अहिले हाेप फर हुमेयानिटी नेपालकाे अगुवाईमा मानव सेवा आश्रममा राखीएको छ त्यस्तेै होप फर हुम्यानिटी नेपालले काठमाडौंको फुटुङ स्थिति विपन्न परिवारलाई पनि खाद्यान्न सहयाेग गरेकाे छ । यस महामारिकाे समयमा हाेप फर हुम्यानिटी नेपालले सकेको सहयोग गरिरहेक जानकारी दिएका छन् । साथै सम्पुर्णलाई सकेकाे स्थानबाट सहयाेग गर्नपनि आग्रह गरेका छन्

ताजा अपडेट